Hamro Sanchar

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १२ गते


काठमाडौं, असोज १२- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ । प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।

यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना उम्मेदवार छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ गतेदेखि सुरु भएको थियो ।

मतदान सुरु गर्ने भाका सरेको सर्यै गर्दा कार्यकर्ताहरु पार्टी कार्यालय परिसरमा अलपत्र परेका थिए ।

 


प्रतिकृया दिनुहोस्