Hamro Sanchar

दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ९ गते


दाङ, असोज ९- काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ ।

जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना भएको हो । दुर्घटनामा २५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो ।  घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।


प्रतिकृया दिनुहोस्