
दाङ, भदौ ३०- सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
रेबतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।
आमा छोरीको घर भित्रै जलनबाट मृत्यु भएको अवस्थामा शव फेला परेको उनले बताए ।
शुक्रबार राति सुतेको समयमा आगलागी भएको वा बिहान मात्रै आगलागी भएको हो खुलिनसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित प्रहरी टोली अनुसन्धानका लागि पुगेको बताइएको छ ।