आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने र बालेन्द्र साह एसिया कप क्रिकेट हेर्न श्रीलंका जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० एसिया कप क्रिकेट हेर्न श्रीलंका जाने भएका छन् ।

नेपाली खेलाडीको हौसला बढाउनका लागि उनीहरू श्रीलंका जान लागेका हुन् । बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् भने लामिछाने श्रीलंकाका लागि प्रस्थान गरिसकेको उनको सचिवालयले जानकारी दिएको छ ।

लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल पनि श्रीलंका लागेकी छन् । उनीहरूलाई पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले साथ दिएका छन् । स्थानीय समयअनुसार सोमबार दिउँसो सवा ३ बजे नेपाल र भारतका टोलीबीच खेल हुँदैछ । खेल श्रीलंकाको कान्डीस्थित पेलेकेले मैदानमा हुनेछ ।

एसिया कपअन्तर्गतकै बुधबारको खेलमा नेपालले पाकिस्तानसँग खेलेको थियो । उक्त खेलमा नेपाल नेपाल पराजित भएको थियो । भारत र पाकिस्तानबीच भएको हिजोको खेलमा वर्षाका कारण अवरुद्ध भएपछि दुवै समूहले अंक बाँढेका थिए ।

नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो ।


प्रतिकृया दिनुहोस्