आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पदम बि.सीको म्यूजिक एरेन्ज रहेको ‘याद’ सार्वजनिक(भिडियोसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११- एरेन्जर पदम बि.सी एरेन्ज रहेको लोक आधुनिक गीत ‘याद’ बजारमा सार्वजनिक भैसकेको छ । जसमा लोकप्रिय गायिका अनु चौधरीको सुमधुर आवाज सजिएको छ भने शब्द तथा संगीत टेक बहादुर विश्वकर्माको छ ।

अनामनगरमा रहेको मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिस्ट गोविन्द ओलीले रेकर्ड गरेको यस गीतको मिक्स तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् ।

निर्देशक विक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा स्मरिका ढकाल र नयन सिंहको अभिनय रहेको छ ।

प्रकाश खड्काले छायांकन गरेको यस गीतको भिडियोमा रंग संयोजन मिन रावलले गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।


प्रतिकृया दिनुहोस्