Hamro Sanchar

सरकारले घटायो पासपोर्ट लिँदा लाग्ने दस्तुर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ३ गते


Advertisement

काठमाडौ, असार ३- सरकारले राहदानी अर्थात पासपोर्ट लिँदा लाग्ने दस्तुर घटाएको छ ।

सरकारले अब ६६ पेजको विद्युतीय राहदानी ५ हजार रुपैयाँमा दिने भएको हो । यो व्यवस्था आइतबारदेखि लागु हुनेछ ।

सरकारले ६६ पेजको विद्युतीय राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहे ५ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत बनाउदा १० हजार रुपैयाँ दस्तुर तिर्नुपथ्र्यो ।

गत जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानीलाई ३४ पृष्ठको राहदानी बराबरको मुल्यमा उपलब्ध गराउने निर्णय गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्