Skip

Hamro Sanchar

जेनजीलाई बालेनले भने : सेनासँग वार्ता हुनुअघि संसद् विघटन हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्।

उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।

उनले देशको नेतृत्व अब जेनजीको पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै यसका लागि तयार हुन पनि भनेका छन्।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला, उनले भनेका छन्, साथै, सेना प्रमुखसँग वार्ता गर्न पनितयार हुनुहोला। तर याद रहोस्- वार्ता गर्नुअघि संसद् विघटन भएको हुनु पर्छ।


प्रतिकृया दिनुहोस्