
काठमाडौं, असार १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा फोहोरमैला ब्यबस्थापनको नाममा पैसा उठाउने गिरोह सक्रिय रहेको पाइएको छ । वडाका विभिन्न टोलहरुमा गिरोह पुगेर सर्वसाधारणसँग पैसा असुल गरिरहेका भेटिएको हो ।
त्यस्ता गिरोहले सर्वसाधारण पैसा असुलेर ठगि गरेको भन्दै वडा कार्यालयमै सुनासो पुगेको छ । स्थानीयले त्यस्ता गिरोह नियन्त्रण गर्न र आवश्यक कारबाही गर्न वडामै पुगेर अनुरोध गरेका छन् ।
त्यसलगत्तै वडा कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी अनुसन्धान भैरहेको जनाएको छ । कार्यबाहक वडाअध्यक्ष कपिल खनालले सूचना जारी सुचनामा आधिकारिक बिल बिना भुक्तानी नगर्न र कुनै शंका लागेमा नजिकको प्रहरी चौकीमा खबर अनुरोध गरिएको छ ।
हेर्नुहोस् सूचना-