Hamro Sanchar

मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २६ गते


काठमाडौं, जेठ २६- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

राष्ट्रिय सभा गृहस्थित साहको कार्यकक्षमा बिहीबार ग्रेटर नेपालको नक्सा राखिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको भित्ते नक्सा राखेको जवाफमा काठमाडौंमा मेयर साहले पनि साँस्कृतिक अवधारणा भन्दै ग्रेटर नेपालको नक्सा राख्न लगाएका हुन् ।

मेयर साह भने अहिले भारतको बैंगलुरूमा छन् । भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाल, बंगलदोश, पाकिस्तान, भुटान र म्यानमारका केही भुभाग समेटिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसदहरूले भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्