
काठमाडौं जेठ २२- कागेश्वरी मनोहरा नगरपालिकाको गौरीनाथ देवलधारा, अधिकारी गाउँ, लामिछाने गाउँ, गजुरेल डाँडा, नेपालडाँडा हुदै शिव पञ्चायन मन्दिर अर्याल गाउँसम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । उक्त सडक कालोपत्रे भएसंगै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६, ७ र ८ तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का स्थानिय लाभान्वित हुने भएका छन् ।
उक्त सडक कालोपत्रे कार्यको नगरप्रमुख उपेन्द्र कार्की सहितको टोलीले निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा नगरप्रमुख कार्कीले स्थानीय संग छलफल समेत गरेका थिए ।
कालोपत्रे कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरीय ढंगले निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।
विकास निर्माण कार्यमा वडाबासीको चासो रहनुपर्ने र सो गर्दा निर्माण कार्यमा अनियमितता हुन नसक्ने प्रमुख कार्कीको भनाइ छ ।