
काठमाडौं, जेठ १९- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन् ।
शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन् । पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए ।
यसअघि आजै उनी नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए । इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए ।