Hamro Sanchar

पशुपतिमा सुनको जलहरि भनेर पित्तलको राखेको भनेपछि एमालेले गर्‍यो संसद अवरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १२ गते


काठमाडौं, जेठ १२- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए ।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए ।

गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए ।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए ।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन् । एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन् ।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले नाराबाजीसमेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्