दाङ, जेठ ११- दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन् ।
बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
मृतक लम्साले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउँदै आएकी थिइन् । बिहिबार बिहान विद्यालयमा पढाउँने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।