Hamro Sanchar

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ४ जना मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ७ गते


काठमाडौं, जेठ ७- भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ ।

सानु भण्डारीले अहिले अहिले ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् ।

मोरङ घर भएका सागर राईमार्फत गिरोह बालकृष्ण खाण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसम्म पुगेको अनुसन्धानबाट खुलेको छ । ‘बालकृष्ण खाण सुरुदेखि नै यसबारे जानकार देखिन्छन्’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘खाणले नै सचिव पाण्डेसँग यसबारे काम अघि बढाउनेबारे छलफल गरेको देखिन्छ ।’

सो प्रकरणमा संलग्न आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे र डा. इन्द्रजित राईसहित १६ जना प्रहरीको हिरासतमा छन् ।


प्रतिकृया दिनुहोस्