
काठमाडौं, जेठ ४- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूमाथि कडा कारबाही गर्न माग गर्दै उनीहरुले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा पार्टी नेता तथा कार्यकर्ता, पार्टी निकट भ्रातृ संगठनका नेताहरूको सहभागिता रहेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।