
काठमाडौं, जेठ ४- नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी प्रकरणमा सरकारी गाडी प्रयोग भएको खुलेको थियो । गृह मन्त्रालय अन्तर्गत हज समितिको उक्त गाडी पीडितलाई अन्तवार्ता लिने नाममा प्रयोगमा ल्याइएको थियो । प्रकरणमा संलग्न गिरोहले सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन सरकारी नम्बर प्लेट कै गाडी प्रयोग गरेको पाइएको हाे । उक्त गाडी मियाँले नै गिरोहलाई उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।