
काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतमले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै एलिजाले पार्टीको जिम्मेवार व्यक्ति भएकाले आक्रोशमा बोल्नु र सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको उनको भनाइ छ ।
उनले आफू राजनीतिमा सिकारु भएको भन्दै आफूभित्र धेरै कमजोरी रहेको स्वीकार गरेकी छन् । आफ्नो पार्टीका नेता रेशम चौधरीको पक्षमा अदालतको फैसला नआउँदा लाखौं कार्यकर्ता निराश रहेको उनले बताएकी छन् ।
‘पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो । सोही ठानेर मिडियामा बोलेँ र खबरदारी गरेँ । यसमा सुझाव दिने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’
हेर्नुहोस् उनको फेसबुक स्टाटस