Hamro Sanchar

बालकृष्ण खाणकी श्रीमती मञ्जु अष्ट्रेलिया पुगेको खुलासा, छोराले गरेका थिए स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


काठमाडौं, जेठ १- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण अष्ट्रेलियाको सिड्नी पुगेको खुलासा भएको छ । विश्वसनीय स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा स्वागत गरेका बताइएको छ । अहिले छोरासँगै बसिरहे पनि उनी कसैसँग सम्पर्कमा छैनन् । उनले सामाजिक संजाल पनि डिएक्टिभ गरेकी छन् ।

नक्कली शरणार्थी प्रकरणमा श्रीमान पक्राउ परेसँगै उनि सम्पर्कविहीन बनेकी थिइन् ।

मञ्जु बालकृष्णकी कान्छी श्रीमती हुन् । मञ्जुको पनि यो दोस्रो विवाह हो । सिड्नीमा रहेका छोरा क्षितिज मञ्जुको पहिलो श्रीमानपट्टिका हुन् ।

खाण पक्राउ पर्ने दिनसम्म मञ्जु काठमाडौंमा नै थिइन् । तर, श्रीमान र श्रीमती अलग-अलग बसिरहेका थिए । खाण मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरबाट पक्राउ परेका हुन् । मञ्जु भने कुपण्डोलस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् ।

शरणार्थी प्रकरणमा आफू पनि तानिन सक्ने डरले मञ्जुले देश छोडेको दाबी गरिएको छ ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस्