काठमाडौं, बैशाख १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १६ करोड १५ लाख सत्ताइस हजार तीन सय त्रिचालिस रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आ.व.को साउन १ गतेदेखि बैशाख मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।
नगरपालिकाका अनुसार १ नं. वडाबाट ४३ लाख ६७ हजार ९ सय २१ रुपैयाँ, २ नं. वडाबाट २३ लाख ७९ हजार २३ रुपैयाँ, ३ नं. वडाबाट २८ लाख ६४ हजार २६ रुपैयाँ, वडा नंं ४ बाट ६१ लाख ४३ हजार८ सय २९ रुपैयाँ, वडा नंं ५ बाट ९८ लाख २५ हजार ७ सय ९२ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, वडा नं. ६ बाट १ करोड ७९ लाख २४ हजार ५ सय ६ रुपैयाँ, वडा नं. ७ बाट १ करोड ८४ लाख ९१ हजार ७ सय ९१ रुपैयाँ, ८ वडाबाट १ करोड २८ लाख ७ हजार ६ सय ४६ रुपैयाँ र वडा नंं ९ बाट २ करोड ९० लाख ६१ हजार ८ सय २२ रुपैयाँ राजस्व संकलन गरेको छ । भने नगरपालिका कार्यालयबाट ५ करोड ७६ लाख ६० हजार ९ सय ८२ रुपैयाँ संकलन गरेको छ ।
जसअनुसार नगरपालिकाले चालु आर्थिक बर्षको १० महिनामा १६ करोड १५ लाख सत्ताइस हजार तीन सय त्रिचालिस रुपैयाँ राजस्व संकलन गरेको हो ।
नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिका र विभिन्न वडाबाट अपेक्षाकृत राजस्व संकलन भइरहेको र नगरपालिका विकास निर्माणका कार्यमा लागिपरेको बताए ।
चालु आर्थिक बर्षको बैशाख महिनामा संकलित वडा स्तरिय राजस्व
चालु आर्थिक बर्षको साउन १ गतेदेखि बैशाख मसान्तसम्म संकलित वडा स्तरिय राजस्व