Hamro Sanchar

हर्षित मुद्रामा हात हल्लाउदै सरकारी वकिलको कार्यालय पुगे रायमाझी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ पक्राउ परे । प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

अर्घखाँचीबाट ‘काठमाडौँ आउँछु’ भनेर वचन दिएका रायमाझी बुटवलबाट फरार भएका थिए । रायमाझी वैशाख ३० गते मात्र काठमाडौँ आएका थिए । काठमाडौँ आएर उनी आफन्तको घरमा लुकेर बसेका थिए ।

प्रहरीले सोमबार रायमाझीलाई म्याद थपका लागि बबरमहलस्थित सरकारी वकिल कार्यालय पुर्‍याएका थिए । प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए ।


प्रतिकृया दिनुहोस्