Hamro Sanchar

आजदेखि साझा यातायातका थप तीन वटा बिजुलीका बस सञ्चालमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


Advertisement

काठमाडौं, जेठ १- साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।

बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्ने बताइएको छ । यसअघि गएको असारदेखि साझाले तीन वटा बिजुलीका बस सञ्चालन गरिरहेको छ । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि चल्ने छन् ।

एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले जनाएको छ । बाँकी बसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् ।

अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।


प्रतिकृया दिनुहोस्