
काठमाडौं, बैशाख २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । रोटरी क्लब अफ बानेश्वरको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा नगरपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
मुलपानीको आनन्द भैरव माध्यमिक विद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा, दन्त, इ.सी.जी., भिडियो एक्सरे, ल्याबलगायतका सेवा निशुल्क उपलब्ध हुनेछ ।
स्वास्थ्य शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजे हुने बताइएको छ ।
स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन वडा नम्बर ६ र ७ को कार्यालयले अनुरोध गरेको छ ।