Skip

Hamro Sanchar

अवैध सरकारलाई समर्थन छैन : विप्लव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए ।

उनले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिए । ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ रु राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भने, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’

उनले अहिले संसारले एमालेको महाधिवेशनलाई हेरेको भन्दै सङ्कटको निकास दिन सक्छ भन्ने कि सक्दैन भनेर हेरिए पनि त्यो जवाफ दिन सफल भएको बताए । विप्लवले राजनीतिक दलहरूले यो देशमा धेरै दुःख गरेका छन् तर जनताका अपेक्षा अधुरै रहेको पनि बताए ।

‘परिस्थितिको तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्त्वहरूले संसारभर स्वार्थका निम्ति हाम्रा जस्ता देशका प्राकृतिक स्रोत साधन दोहन गर्न आफ्ना कठपुतली लाद्ने खेल चलिरहेको छ’, विप्लवले भने– ‘आज एमालेमा भयङ्कर हमला छ । हमला हुनुको एउटा कारण नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान राख्दै आउनु ।’


प्रतिकृया दिनुहोस्