Hamro Sanchar

क्रिकेट खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २० गते


काठमाडौं, बैशाख २०- सरकारले प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई ६ लाख र अफिसियललाई तीन लाख रुपैयाँ दिने निर्णय भएको हो ।

“एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी, मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई तीन लाखको दरले रकम उपलब्ध गराएर प्रोत्सहान गर्ने निर्णय गरेको छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ।

त्यस्तै, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक बर्षको बजेटमा विशेष प्राथमिकतामा राखिने निर्णय समेत भएको उनको भनाइ छ ।

नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।


प्रतिकृया दिनुहोस्