
काठमाडौँ । भारतमा उपचारत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किंदै छन्। उनको सचिवालयका अनुसार उनी आज अपराह्न सवा ५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। नेता भण्डारी नेपाल एयलाइन्सको नियमित उडानबाट आउनेछन्।
मुम्बईस्थित नेसनल बर्न अस्पतालमा झन्डै साढे दुई महिनाको उपचारपछि उनी आज स्वदेश फर्किने भएका हुन्। गएको फागुन पहिलो साता काठमाडौंस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए। आमाको भोलिपल्ट कीर्तिपुर अस्पतालमा निधन भएको थियो।
भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो।