Hamro Sanchar

मूलपानी नगर अस्पतालमा महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै, के-के पाइन्छ सेवाहरु ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १५ गते


Advertisement

काठमाडौं, बैशाख १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै आगामी मंगलबार मूलपानी नगर अस्पतालमा शिविर सञ्चालन हुने जानकारी दिएको हो ।

नेपाल परिवार नियोजन संघ, उपत्यका शाखा र जडिबुटीको प्राविधिक सहयोगमा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा शिविर संचालन गरिने बताइएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टरहरुद्धारा प्रजनन रुग्णता, महिला स्वास्थ्य शिविर, अभिमुखीकरण तथा महिलाको पाठेघरको परिक्षण हुनेछ । शिविर वडाको बाबाचोकस्थित मूलपानी नगर अस्पतालमा बिहान ९ बजेबाट सुरु हुने छ ।

शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन वडाबासीहरुलाई वडाअध्यक्ष प्रकाश फुयालले अनुरोध गरेका छन् ।


प्रतिकृया दिनुहोस्