Skip
आज : २०८२ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजनीतिबाट सन्न्यास लिने सोच्दै छु : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १५ गते


काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका छन्। जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका हुन्।

‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पार्टीमा युवाहरूलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरूलाई समेत आफ्ना दलबाट सन्न्यास लिन आग्रह गर्दछु।’ राजनीतिमा पनि पुस्तान्तरण गरिए मात्रै देशका लागि भलो हुने उनले बताए।

पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताए। उनले भने ‘उपनिर्वाचनको परिणामले ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन।’

उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताए। ‘वडा तहका नेतादेखि केन्द्रीय तहसम्मका नेताले पद र पैसाको दुरुपयोग गरिरहेका छन्’, नेपालले भने ‘यसमा सुधार नगरिए राजनीतिक दलमाथि जनताको विश्वास गुम्नेछ।’


प्रतिकृया दिनुहोस्