
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । पाइलटले इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई जानकारी गराएका थिए । केहिवेर आकासमै होल्ड गरे पाइलटले उडानलाई निरन्तरता दिएका छन् । दूबई सरकारको मिडिया कार्यालयले ट्वीट गर्दै विमानले सामान्य अवस्थामा उडान गरिरहेको बताएको छ ।