Hamro Sanchar

उपनिर्वाचन : चितवन-२ मा अहिलेसम्म खस्यो ५१ प्रतिशत मत (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १० गते


चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए ।

उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्