Hamro Sanchar

बाघको आक्रमणबाट २ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ६ गते


मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । हेटौँडा-१४ को चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बायाँ भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको छ । घलानको पनि हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।

मकवानपुरमा फेरि बाघको आक्रमण बढ्न थालेको छ । यसअघि पनि हेटौँडाको हर्नामाडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।


प्रतिकृया दिनुहोस्