आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रकाश सपुतको ‘सकम्बरी’ गीत हटाउन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ६ गते


Advertisement

काठमाडौं, बैशाख ६- गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीत हटाउन रात्रीकालिन मनोरञ्जन व्यवसायी संघले माग गरेको छ ।

सपुतको स्वर, शब्द, संगीतमा तयार भएको उक्त गीतमा प्रयोग भएका शब्द र भिडियोले रात्रिकालिन ब्यवसायमा काम गर्ने कलाकारहरुमाथि प्रहार गरेको भन्दै गीत हटाउन संघले माग गरेको हो ।

संघले अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षर विज्ञप्तिमा भिडियो र गीतको केहि शब्द प्रति आपत्ति रहेको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ ।

गीतको भिडियोले एक नारीले आफ्नो जीवन जिउनका लागि देह व्यापार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको भन्दै सामाजिक सञ्जालमा गीतको चर्को आलोचना भोगिरहेको छ । कतिपयले यो गीत र भिडियोको समर्थन गरेका छन् भने कतिपयले यसको विरोध गरिरहेका छन् ।

यसैबीच, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले सपुतलाई गीत युट्युबबाट हटाउन चेतावनी दिएको छ । यदि, गीत नहटाइएको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । ‘नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन्, यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् ?’ भन्दै संघले प्रश्न गरेको छ ।

संघले नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार नगर्न सपुतसँग आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्