Skip

Hamro Sanchar

फास्ट्रयाक अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ५ गते


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । आज बिहानै तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको विषयमा अवलोकन गर्न गएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । ‘फास्ट्रयाकको अनुगमनमा जानु भएको छ । त्यहाँको कामको अवस्था के कस्तो छ भन्ने विषयमा अवलोकन गर्नु हुने छ’ तिमिल्सेनाले भने । प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।


प्रतिकृया दिनुहोस्