Hamro Sanchar

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने असई रंगे हात पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १ गते


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी सहायक निरीक्षक (असई) लाई घुस रकमसहित रंगे हात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार पक्राउ परेका हुन् ।

उनले जबरजस्तीकरणीसम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले ९ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनी अहिले अख्तियारको हिरासतमा छन् । अख्तियारले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्