Hamro Sanchar

कोरोना सङ्क्रमणबाट ३ महिनापछि १ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २८ गते


Advertisement

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ३६ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्