
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि त्यहाँ पुगेका प्रचण्ड पूर्वसहयोद्धा भट्टसँग कुराकानी गर्न घरमा पुगेका हुन्।
प्रचण्ड सचिवालयका अनुसार एमाले सचिव भट्टसँग प्रचण्डले सामूहिक र एक्ला-एक्लै छलफल गरेका छन्। केही समयदेखि सचिव भट्टसँग प्रचण्डको संवाद भइरहेको छ। त्यही क्रमको निरन्तरता आइतबारको संवाद रहेको प्रचण्डनिकट एक नेताको दाबी छ।
आजको संवाद भट्ट कमरेडलाई पुरानै घरामा फर्काउने कुराका लागि हो, उहाँ सकारात्मक हुनुहुन्छ। माओवादी द्वन्द्व र त्यसपछि पनि भट्ट प्रचण्डनिकट नेता मानिन्थे। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकालमा उनीहरुबीच दूरी बढ्यो। दुई पार्टी अलग हुँदा भट्ट एमालेमै बसेका थिए।