
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज संघीय सरकारमाथि कडा टिप्पणी गरेका छन् । काठमाडौं महानगरले अतिक्रमित संरचना र बागमति किनार अतिक्रमण गरी बसेकालाई हटाउन खोज्दा केन्द्र सरकारले सहयोग नगरेको मेयर शाहले गुनासो गर्दै आएका छन्।
‘देश सफा गर्न नेतालाई सिस्डोलमा फाल्नु पर्छ’, आज बिहान आफ्नो फेसबुकमार्फत् भनेका बालेनले पुन अर्को स्टाटस पनि लेखेका छन् । ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गर्दै लेखेका छन्, ‘नेपाल स्वाधीन कहिले हुने ?, आफ्नो अस्तित्व कहिले बनाउने ?, लाज लाग्दैन ?
शुक्रबार काठमाडौं महानगरपालिकाले गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरे पनि सफल भएन । शनिबार भने मेयर बालेन आक्रोसित देखिएका हुन् ।


















