Hamro Sanchar

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, को-को भए उम्मेदवार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १९ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाकारी दिए ।

नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो । चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।


प्रतिकृया दिनुहोस्