काठमाडौं, फागुन २५- शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणिमा हिजो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर ट्रीपरले किच्दा दुई जनाको ज्यान गएको छ। हिजो साँझ ६:४५ तिर भएको सो दुर्घटनामा साँखुका पत्रकार ५१ बर्षिय पवनलाल श्रेष्ठ तथा इन्द्रायणी कै अर्का २२ बर्षिय युवाको मृत्यु भएको हो।
मृतक युवाको पहिचान हुन बाँकी रहेको छ। सो घटनामा घाईते एकजना महिलाको उपचार भैरहेको छ। दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा बिपरित दिशाबाट आईरहेको मिनि ट्रीपरले मोटरसाईकलमा सवार दुईजनालाई किचेको थियो। । सो दुर्घटनामा खड्काको घटनास्थलमै र पत्रकार श्रेष्ठको अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रभाग साँखुका वरिष्ठ हवलदार नवराज खड्काले बताउनु भयो।
घटनामा मृत्युु भएका पत्रकार श्रेष्ठ लामो समयदेखि साँखु बाट प्रकाशन हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक समेत हुन्। उनी प्रेस युनियन नेपालका साँखु शाखाका पूर्व अध्यक्ष समेत हुन्।