Hamro Sanchar

एमाले अध्यक्ष ओली भन्छन् : सबैले देशका लागि केही न केही गर्नैपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १९ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि सबैले आआफ्नो क्षेत्रबाट केही न केही गर्नुपर्ने बताएका छन्। शुक्रबार ‘प्रेरणादायी महिलाहरु’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। सबैले उत्पादनमुखी काम गर्नुपर्नेमा ओलीको जोड थियो।

देश बनाउने कुरा त्यति सजिलो नभएको बताउँदै सबैको योगदानबाट मात्र सम्भव हुने उनको धारणा थियो। मान्छे प्रकृतिको सर्वश्रेष्ठ प्राणी भएको बताउँदै ओलीले भने, ‘मान्छे भएरै नै हामीले हिमाल, पहाड, तराई देख्न पाएका छौं। संसारको परिवर्तन देखेका छौं। समयभन्दा बाहिर अनन्त प्रकृति हेर्न पाएका छौं।’


प्रतिकृया दिनुहोस्