Hamro Sanchar

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १५ गते


काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।

श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । सोही दिन उनी अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुनेछन् ।


प्रतिकृया दिनुहोस्