Hamro Sanchar

डा.सन्दुक रुइतलाई बहराइनका राजाबाट १३ करोडबढीको अवार्ड प्रदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ९ गते


काठमाडौं । डा.सन्दुक रुइतलाई १० लाख डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी रकमसहितको अवार्ड प्रदान गरिएको छ । डा.रुइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित बहाराइनको प्रतिष्ठित इसा अवार्ड पाएका हुन् । यसअघि नै रुइतलाई उक्त अवार्ड दिइने घोषणा गरिएको थियो ।

मंगलबार आज उक्त अवार्ड हस्तान्तरण गरिएको हो । मानवीय सेवातर्फको विधामा रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । मोतियाबिन्दुको उपचारमा सरल विधि विकास गरेकाले डा। रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । रुइतले यसअघि सन् २००६ मा एसियाको नोबेल पुरस्कारका रूपमा समेत चिनिने रोमन मेगासेसे अवार्ड पाइसकेका छन् ।


प्रतिकृया दिनुहोस्