काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा एमाले बाहेक अन्य कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बताएका छन्। आज मंगलबार प्रेस चौतारी नेपाल, जिल्ला समिति दैलेख आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
यस्तै, उनले हाल बनेको गठबन्धन एमालेले टुटाउने कुनै प्रयास नगर्ने बताएका छन्। उनले भने, ‘हामी गठबन्धन टुटाउन चाहदैनौं। सत्ता गठबन्धन टुटाउने एमालेले विजनेश गर्दैन्। अस्थिर राजनीतीले हामी कसैलाई फाईदा हुँदैन्।’यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनले अहिलेको राजनीतिमा नयाँ तरंग ल्याएको छ। सोही विषयमा भट्टराईलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।
जवाफमा भट्टराईले भने, ‘हाम्रो कारणले कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेश एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ।’यस्तै, सचिव भट्टराईले एमालेको कारणले नभए माओवादीका कारण गठबन्धन टुट्न सक्ने संकेत गरेका छन्।
उनले भने, ‘कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने हो। उहाँमा त्यो स्थिर देखिदैन्। माओवादी अब ठूलो पार्टी पनि बन्न सक्दैन। उहाँले यो गठबन्धन टुटाउनु भयो भने चरम अवसरवादी हुनुहुनेछ।’ यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नौतिक रुपमा नमिल्ने बताए।
उनले थपे, ‘उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्वार गरेका हौँ। त्यसपछि सिंहदरबारमा पुर्यौं। हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौं।उहाँ हामीलाई खोज्दै आउनु भयो।’