Hamro Sanchar

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ४ गते


पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो।

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो । संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्