Hamro Sanchar

काठमाडौं उपत्यकाका विभिन्न ३ ठाउँमा बर्डफ्लू देखियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २३ गते


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ । यसअघि पछिल्लो पटक २०७८ मंसिरमा काठमाडौं उपत्यकासहित देशभरका १३ जिल्लामा बर्डफ्लू संक्रमण फैलिएको थियो ।


प्रतिकृया दिनुहोस्