
काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुबै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् । फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।