काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ । उनले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो ।
उनी सभापति नरहे पनि उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने छ । मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा जान्छ । त्यसलगत्तै आयोगले निर्णय गरेर अभिलेखबाट उनको नाम र सदस्यता हटाउने छ ।
तर पार्टीको हकमा भने पार्टीले नै निर्णय गरेर उनको पदीय भूमिकावारे निर्णय गर्नुपर्ने हुन्छ ।