Hamro Sanchar

हर्क साम्पाङले पनि घरमाथि चलाए डोजर, स्थानीय र प्रहरीबीच झडप

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ८ गते


धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पमाङले पनि डोजर चलाएका छन । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन साम्पाङले डोजर चलाएका हुन । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाएको घर भत्काइएको छ ।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बिच झडप समेत भएको छ ।उपमहानगरको डोजरको सिसा फुटेको तथा केही व्यक्ती सामान्य घाइते भएको धरान प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो । बहुजातीय रंगशाला बनाउने भनेको क्षेत्रमा घर बनाएकाले डोजर लगाएर हटाएको धरान उपमहानगरपालिकाले जनाएको छ । घर बन्दै गर्दा समेत महानगरले निर्माण कार्य रोक्न पत्र समेत पठाएको थियो ।

यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो । यसपटक भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर घर भत्काइएको छ ।


प्रतिकृया दिनुहोस्