Hamro Sanchar

विमान दुर्घटना : थप १ जनाको शव भेटियो, १ जना अझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


पोखरा । आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो ।

यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब १ जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने । उनको पहिचान हुन बाँकी छ ।


प्रतिकृया दिनुहोस्