Hamro Sanchar

विमान दुर्घटना : थप १ जनाको शव भेटियो, अज्ञात २ जनाको भोलि खोजी गरिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २ गते


पोखरा । यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए ।

एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वठा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए । ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दु्र्घटनामा परेको थियो ।


प्रतिकृया दिनुहोस्