Hamro Sanchar

क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २९ गते


काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने भएका छन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर साढे २ बजे छुट्ने भएका हुन् ।

अहिले रिहाइको प्रक्रिया भइरहेको सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेले बताए । उच्च अदालतले मागेको २० लाख धरौटी बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेको उनले बताए । जिल्ला अदालतमा धरौटी बुझाएर अदातलबाट तारिख लिएर आएपछि उनी रिहा हुनेछन् ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।


प्रतिकृया दिनुहोस्